२८ असार २०८३, आइतबार

हलेसीमा पौवा रिसोर्ट र मुलकोटमा पौवा होटल सुरु

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । होटल पौवा प्रालिले खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होटल सुरु गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पौवा ग्रुपले १४औं शाखा सिन्धुलीको मुलकोटस्थित सुनकोशी किनारमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवा बिच रिसोर्ट र खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोडभन्दा बढीको लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको जानकारी गराएको हो ।

होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले नेपालको पर्यटन उद्योगलाई थप उचाईमा लानको लागि मिसन १०० को योजना सहित अगाडि बढेको होटल पौवा नेपालको पश्चिम क्षेत्रबाट पूर्वतर्फ अगाडि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘८ वर्षदेखि पर्यटक उद्योगलाई विस्तार गर्नका लागि होटलमा लगानी गरेको छौ । काठमाडौंकोदेखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मुलकोट पर्यटकका लागि उत्तम गन्तव्य भएको हो । काठमाडौंको भिडभाडबाट सुनकोशी नदी किनारामा शान्त वातावरण रहेकोले आन्तरिक र बाह्य पर्यटकको लागि लक्षित गरेर पौवा रिसोर्ट खोलेको हौ ।’

उहाँले हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दुहरुको संगमस्थल भएको भन्दै आन्तरिक र बाह्य धर्मालम्बीहरुलाई लक्षित गरेको हलेसी तुवाचुङमा रिसोर्ट सञ्चालन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दुहरुको संगमस्थल भएकोले हुनाले आन्तरिक र बाह्य धर्मालम्बीहरुलाई लक्षित गरेको हलेसी तुवाचुङ नगरपालिकामा ४५ रोपनी क्षेत्रफलमा रिसोर्ट सञ्चालन गरेका छौं । रिसोर्टबाट ३६० डिग्रीमा हसेलीको भ्यु हेर्न पाइन्छ ।’

यस्तै, पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले पर्यटकलाई नयाँ गन्तव्यमा भ्रमण गराउन सक्ने हो भने मात्र पर्यटकको बसाई लम्बिन सक्ने भन्दै देशभर १४ वटा पौवा चेन निमार्ण गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी पौवाको विस्तार व्यवसाय मात्र होइन हाम्रो संस्कृतिलाई समेत विस्तार गर्ने उद्देश्य राखेका छौँ । नेपालमा एक वर्षमा १६ लाख विदेशी पर्यटक नेपाल भित्राउने लक्ष्य दिएको छ । पछिल्लो एक वर्ष कोरानाअघि कै रुपमा पर्यटक भित्रिएका छन् । त्यसैले हामीले यहाँ आएका पर्यटकलाई नयाँ गन्तव्यमा भ्रमण गराउन सक्ने हो भने मात्र पर्यटकको बसाई लम्बिन सक्छ । हामीले देशभर १४ वटा पौवा चेन बनाएका छौ । जुन पर्यटकी गन्तव्य क्षेत्र समेत हो । हाम्रो सानो प्रयासले पर्यटन विकासमा मदत पुग्ने अपेक्षासमेत गरेका छौँ ।’

एक दशकमा १ सय शाखा विस्तारको लक्ष्यसहित ‘मिशन १००’ योजना बनाएको होटल पौवा देशभर नेपाली आतिथ्यतासहितको चेन होटलको रुपमा फैलिँदै गएको छ ।

लुम्बिनीबाट होटल पौवाको पहिलो यात्रा सुरु भएको थियो । पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङगा, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, काठमाडौंको गौशाला हुँदै पूर्वी नेपालमा प्रवेश गरेको हो ।