
काठमाडौं, ९ साउन । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला ११ सय रूपैयाँले बढेको हो । मंगलबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ११ सय रूपैयाँले बढेर १ लाख ४७ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ७ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ८ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया