२८ जेष्ठ २०८३, बिहिबार

डलर बढ्दा युरो र पाउण्डको भाउ घट्यो

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर र कतारी रियाल बढ्दा युरो र बेलायती पाउण्डको विनिमयदर भने घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रुपैयाँ २१ पैसा पुगेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४५ रुपैयाँ १९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७३ रुपैयाँ २५ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।