
काठमाडौं, ८ साउन । सोलो ट्राभल अवशिस ओझाले आफ्नो यामाहा एरोक्स १५५ स्कुटरको साथ काठमाडौंदेखि भारतको लद्दाखसम्मको एकल यात्रा सफलतापूर्वक सम्पन्न गर्नुभएको छ ।
उहाँले केवल ११ दिनमा ५ हजार किलोमिटर भन्दा बढी यात्रा गर्नुभएको थियो । ओझाले यात्रा दौरान साहस, जोश र अटल संकल्पलाई आफ्नो दृढ संकल्प र प्रमाणको रूपमा खडा गर्नुभएको थियो । आफ्नो यात्राको क्रममा उहाँले विभिन्न भू-भाग र मौसमको सामना गर्दै उक्त ठाउँको रोमाञ्चक र अद्भुत प्राकृतिक परिदृश्यहरूसँग आफूलाई जोड्दै ती सुन्दर ठाउँहरलाई गहिरो रूपमा आत्मसात गर्नुभएको थियो ।
यो कठिन यात्रामा यामाहा एरोक्स १५५ ले असाधारण, अद्वितीय पर्फर्मेन्सको उदाहरण प्रस्तुत गर्नुका साथै आफूलाई बलियो र भरपर्दो साथीको रूपमा प्रमाणित गर्यो । एरोक्स १५५ स्कुटरमा रहेको एडभान्स लिकउइड कुल्ड इन्जिनले लद्दाखको उच्च स्थानमा पनि आफ्नो दक्षता प्रस्तुत गर्यो । यसको चुस्त ह्यान्डलिङ र आधुनिक एफआई प्रविधिले ओझालाई घुमाउरो पहाडी सडकहरूमा सहज र स्थिरताका साथ यात्रा गर्न सजिलो बनाएको थियो । यसको अतिरिक्त, स्कुटरको आरामदायी सीट र एर्गोनोमिक डिजाइनले बिना कुनै झन्झट र थकानबिना पनि घन्टौं समय सम्म यात्रा गर्न सक्ने कुराको सुनिश्चितता गर्यो । एरोक्स १५५ मा सिटको मुनि आवश्यक सामान बोक्न सक्ने भण्डारण थियो जबकि उन्नत ब्रेकिङ प्रणालीले ठाडो उकालो र कठिन भू-भागहरूको सामना गर्न आत्मविश्वास र सुरक्षा प्रदान गर्यो ।
एम ए डब्लू राइदकी सी यम ओ पुनम सिंहले ओझाको उपलब्धि र एरोक्स १५५ को प्रशंसा गर्दै भन्नुभयो, ‘यो उल्लेखनीय यात्रा पूरा गरेकोमा अवशिस ओझाप्रति हामी असाध्यै गौरवान्वित छौँ । एडभान्स लिकउइड कुल्ड इन्जिन, आधुनिक एफआई टेक्नोलोजी र एर्गोनोमिक डिजाइन जस्ता सुविधाहरूले अवशिसको सफल अभियानले स्कुटरको क्षमतालाई हाइलाइट गर्दछ र सबै उत्साहीहरूलाई उनीहरूको कम्फर्ट जोन भन्दा बाहिर गएर विभिन्न चुनौतीपूर्ण भू-भागहरूको सामना गर्न प्रेरित गर्दछ र एरोक्स १५५ को वास्तविक क्षमताकाई देखाउँदछ ।’









प्रतिक्रिया