१४ असार २०८३, आइतबार

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई मकवानपुरको टिस्टुङ रिसोर्टमा विशेष छुट

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुलाई मकवानपुरको टिस्टुङस्थित टिस्टुङ रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहकाबीच सम्पन्न सम्झौतामा टिस्टुङ रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन तथा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दिपेन्द्रबाबु विष्ट र मार्केटिङ्ग म्यानेजर सविन शम्शेर राणाले हस्ताक्षरमा गर्नुभएको छ ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

रिसोर्ट मकवानपुरको उत्तरी भेगमा अवस्थित रहेको छ भने काठमाडौं उपत्यकाबाट दणिक्ष पश्चिमको भागसँग जोडिएको एक शान्त, सुन्दर र रमणीय ठाउँमा अवस्थित छ । विभिन्न जातजातीहरुको बसोवास रहेको यो स्थान समुद्री सतहबाट १,७०३ मिटर उचाईमा रहेको छ ।

इन्द्र सरोवर (कुलेखानी), बज्रबाराही मन्दिर कुन्छाल बस्ती यहाँका प्रमुख आकर्षक गन्तव्य स्थल हुन् भने कृषि पेशा अर्को यहाँको प्रमुख विशेषता हो । आलु, काउजी, बन्दा, मुला, स्कूस, जस्ता यहाँका कृषि उत्पादन काठमाडौंसम्म बिक्री वितरण हुने गर्दछ । आन्तरिक तथा वाह्य पर्यटकहरु यहाँ सितलता र आनन्द प्राप्तिको लागि आउने गर्दछन् । विशेष गरी गर्मी याममा गर्मी छल्नका लागि यहाँ बढी पर्यटकहरुको आगमन हुने गरेको पाइन्छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३”को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८३ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, प्रभु बैंक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।