२९ जेष्ठ २०८३, शुक्रबार

फोनमनीले ल्यायो ‘फोनमनी साथमा, १ करोड हातमा’ योजना

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । दक्षिण कोरियामा रहेका नेपालीहरुका लागि डिजाइन गरिएको डिजिटल मनी ट्रान्सफर एप फोनमनीले आफ्नो नयाँ योजना ‘फोनमनी साथमा, १ करोड हातमा’ सुरु गरेको छ । यो योजना २१ जुलाई २०२४ बाट सुरु भएर १ जनवरी २०२५ सम्म चल्ने कम्पनीले जनाएको छ ।

कोरियामा कार्यरत र बसोबास गर्ने नेपालीहरूले फोनमनी एपमार्फत नेपालमा पैसा पठाएर यस योजनामा सहभागी हुन सक्नेछन् । यो योजना अवधिमा सहभागीहरूले हरेक हप्ता आफ्नो पठाएको रकम दोब्बर गर्ने मौका पाउनेछन् । साथै, योजनाको अन्त्यमा, एक भाग्यशाली विजेताले १ करोड कोरियन वन (करिब १० लाख नेपाली रुपैयाँ)को बम्पर पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ ।

फोनमनीका मार्केटिङ म्यानेजर राजन अधिकारीले भन्नुभयो, “हामी कोरियामा रहेका नेपाली समुदायलाई भरपर्दो, किफायती र पुरस्कारदायी तरिकाले पैसा पठाउन सहयोग गर्न प्रतिबद्ध छौँ । ‘फोनमनी साथमा, १ करोड हातमा’ हाम्रो प्रयोगकर्ताहरूलाई धन्यवाद दिन र उनीहरूको वित्तीय लेनदेनलाई अझै पुरस्कारदायी बनाउनको लागि हाम्रो प्रयास हो ।”