
हुम्ला, ८ साउन । जिल्लाको खार्पुनाथ गाउँपालिका–२ थालीगाउँ स्थित शङ्कर माध्यामिक विद्यालयको व्यवस्थापन समितिले गाउँमै रहेको आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टर)मा तालाबन्दी गरिदिएको छ ।
दुईकोठे ‘बर्थिङ सेन्टर’को भवन बनाउने ठेकेदारले समितिलाई रु छ लाख ५० हजार भुक्तानी नगरेको जनाउँदै समितिले ताला लगाइदिएको बताइएको छ । विद्यालयको जग्गामा बर्थिङ सेन्टरको भवन बनेको थियो ।
अभिभावक सङ्घका अध्यक्ष सङ्केश रावलले विद्यालयलाई ठेकेदारले रकम दिने भनी सहमति गरे पनि कार्यान्वयन नभएपछि ताला लगाएको बताउनुभयो । ‘बर्थिङ सेन्टर’मा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्यालयले पाउनुपर्ने रकम भुक्तानी नहुँसम्म ताला नखोलिने उहाँले बताउनुभयो ।









प्रतिक्रिया