
काठमाडौं, ७ साउन । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ र शैक्षिक पोर्टल एडुसन्जालबीच एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ ।
यी दुई संस्थाबीच भुक्तानी तथा अन्य अफरहरूको साझेदारी भएको हो । साझेदारी पश्चात् पहिलो दुई सय विद्यार्थीहरूले आइएमई पे एपमार्फत एक रुपैयाँमा एडुसन्जालले प्रदान गर्दै आएको एलएमएस-बेस्ट सिम्याट कोर्समा भर्ना हुन सक्ने छन् । यसको अतिरिक्त एडु सन्जालबाट प्राप्त हुने रेफरल कोड प्रयोग गरी आइएमई पे एपमा साइन-अप गरेका विद्यार्थी प्रयोगकर्ताहरूले यस एपमा सञ्चालन हुने ‘आइएमई क्वीज’ नामक साप्ताहिक प्रतियोगितामा भाग लिन र प्रोमोकोड जित्ने मौका पनि प्राप्त गर्न सक्ने छन् ।
साथै आउने दिनहरुमा आइएमई पे एपमा नयाँ अनबोर्ड हुने विद्यार्थीहरूलाई लक्षित गरी आइएमई पे एपमै विभिन्न अफर र प्रतियोगिताहरू उपलब्ध हुनेछ । यस सम्झौताबाट डिजिटल प्लेटफर्ममार्फत शिक्षाको लाभ उठाउन सकिने र डिजिटल वालेटको प्रयोगको लागि थप प्रयोगकर्ताहरू आकर्षण गर्न मद्दत मिल्ने कम्पनीले जनाएको छ ।















प्रतिक्रिया