
काठमाडौं, ७ साउन । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा १ सय रूपैयाँले बढेको हो । आइतबार प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आइतबार तोलामा १ हजार ८ सय १० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले घटेर १ हजार ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ ।









प्रतिक्रिया