३ श्रावण २०८३, आइतबार

बाइडेन राष्ट्रपतिका लागि पनि सक्षम थिएनन् : ट्रम्प

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । राष्ट्रपति जो बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले उहाँ सक्षम उम्मेदवार नभएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा ट्रम्पले बाइडेन राष्ट्रपतिको उम्मेदवार हुनका लागि कहिल्यै योग्य नै थिएनन् भन्दै कडा प्रतिक्रिया दिनुभएको छ ।

ट्रम्पले भन्नुभएको छ, ‘उनी झुट र झुटो समाचारका आधारमा राष्ट्रपति पदमा पुगेका थिए, आफ्नो बेसमेन्टबाट पनि बाहिर निस्केनन् । डाक्टर र मिडियासहित उनको वरिपरि सबैलाई थाहा थियो, उनी राष्ट्रपति हुन सक्षम छैनन्, र थिएनन् । अब हेर्नुहोस्, उनले हाम्रो देशलाई के गरे, दशौं लाख मानिसहरू हाम्रो सीमा पार गर्दैछन्, जसको न त अनुसन्धान भइरहेको छ, न परीक्षण नै छ ।’

ट्रम्पले अगाडि भन्नुभएको छ, ‘आतंकवादीहरू रेकर्ड संख्यामा आउँदैछन् । उनको राष्ट्रपतिको कारणले हामीलाई धेरै पीडा हुनेछ, तर हामी छिट्टै उनीहरूले गरेको क्षतिलाई ठिक गर्नेछौँ ।’

८१ बाइडेनले चौतर्फी दबाब र आफ्नो प्रतिकुल स्वास्थ्यका कारण राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिँदै वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवारका लागि समर्थन गर्नुभएको छ ।