
काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंककाअनुसार आज (सोमबार) अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा रहेको छ ।
युरो एकको खरिददर १४५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
मलेसियन रिंगिट एकको खरिददर २८.४९ रुपैयाँ रहेको छ भने बिक्रीदर २८.६२ रुपैयाँ रहेको छ ।








प्रतिक्रिया