८ असार २०८३, सोमबार

बनेपामा टिभिएसको नयाँ शोरूम

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, ६ साउन । निर्वेद मोटर्स प्रालिले बनेपामा आफ्नो नयाँ टिभिएस शोरूम उद्घाटन गरेको छ ।

निर्वेद मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कुटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ । जसमा विभिन्न टिभिएस मोडेलहरू उपलब्ध गराइनेछ । त्यति मात्र नभई टिभिएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भारसहित व्यापक सेवाहरू प्रदान गर्नेछ । बनेपामा टिभिएस उत्साहीहरुलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता निर्वेद मोटर्सका सञ्चालक रुपेश श्रेष्ठले जनाउनुभएको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुई पांग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।