२८ जेष्ठ २०८३, बिहिबार

ग्लोबल आइएमई बैंकका ग्राहकलाई इशान अस्पतालमा विशेष छुट

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमतीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गर्नुभएको छ । यस अवसरमा अस्पतालका निर्देशक प्रा.डा. रामनन्दन पी. चौधरीको विशेष उपस्थिति रहेको थियो ।

यस सम्झौताअनुसार अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई औषधि उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ । अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको शैया शुल्क, अस्पताल सेवाहरुः डायगोनेस्टिक, ओपीडीलगायतका सेवाहरुको साथसाथै आकस्मिक सेवाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

‘यस साझेदारी पश्चात् ग्लोबल आइएमई बैंकका ग्राहकहरुले गुणस्तरीय स्वास्थ्य सेवा सुविधाहरु उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तार गर्न ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्न पाउँदा खुसी छौँ ।’ इशान अस्पतालका निर्देशक प्रो.डा. रामनन्दन पि. चौधरीले भन्नुभयो ।

चौधरीले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिविम्वित गर्नेसमेत स्पष्ट पार्नुभयो ।

यसैगरी, ग्लोबल आइएमई बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेलले भन्नुभयो, ‘इशान अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास बैंकले लिएको छ ।’

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका विभिन्न समय सान्दर्भिक साझेदारी योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

यसैगरी, ‘सबैका लागि बैंक’को नारालाई सार्थक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी प्रत्यक्षरुपमा लाभान्वित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।