
काठमाडौं, ६ साउन । मुक्तिनाथ विकास बैंक लगातार पाँचौंपटक ‘गोल्ड अवार्ड’बाट सम्मानित भएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणालीअन्तर्गत प्रदान गर्दै आएको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७९/८० का लागि ‘गोल्ड अवार्ड’बाट बैंक सम्मानित भएको हो ।
यो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६ , २०७६/०७७ , २०७७/०७८ , २०७८/०७९ र २०७९/०८० गरी लगातार पाँचौं पटक पुरस्कृत भएको हो ।
विकास बैंक तथा अन्य वित्तीय कार्य गर्ने कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो ।
गत शनिबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथग्रहण समारोहमा यो पुरस्कार प्रदान गरेको थियो । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत बैंकलाई दिइने यो पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
साथै, बैंकले नेपालमै टिक्न, सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।









प्रतिक्रिया