१८ असार २०८३, बिहिबार

फोनपे डिरेक्टबाट भुक्तानी गर्दा आईफोन १५ प्रो जित्न सकिने

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । नेपालको सबैभन्दा ठूलो भुक्तानी सेवा सञ्चालक फोनपेले आफ्नो प्रमुख अभियान ‘फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ’ घोषणा गरेको छ । यो अभियानले प्रयोगकर्तालाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्युआरमार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवा बारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।

यो अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्तालाई सजिलो हुने कम्पनीले जनाएको छ । यो अभियान २ महिनासम्म चल्नेछ र भदौ ३१ मा समाप्त हुनेछ ।

अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेतालाई आईफोन १५ प्रो दिने मेगा उपहार योजना छ । यो मेगा उपहार जित्ने मौका पाउन प्रयोगकर्ताले फोनपे डिरेक्टबाट पैसा पठाउँदा रिमार्क्स सेक्सनमा विशेष प्रमोकोड ‘फोनपे डिरेक्ट’ राख्नुपर्नेछ र अभियान अवधिमा मोबाइल बैंकिङ एप प्रयोग गरेर फोनपे डिरेक्ट मार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नु पर्नेछ ।

‘हामी ‘फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ’ विशेष अभियान पुनः ल्याउन पाउँदा उत्साहित छौँ ।’ फोनपेका चिफ इसट्राटेजी अफिसर सुबोध शर्माले भन्नुभयो, ‘यो अभियानले नेपाली उपभोक्ताहरूका लागि डिजिटल कारोबारलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धतालाई दर्साएको छ र फोनपे डिरेक्टलाई तुरुन्त, सुरक्षित र सुविधाजनक रकम ट्रान्सफरको लागि प्रमुख विकल्पको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । हामीलाई विश्वास छ कि प्रयोगकर्ताहरू हाम्रो सेवाका विशेषताहरूबाट खुशी हुनेछन् ।’