२ असार २०८३, मंगलबार

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको विश्वास

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत पाउनु भएको छ ।

आज बसेको संसद बैठकबाट प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनु भएको हो । आजको संसद बैठकमा २६३ जना सांसद उपस्थित हुनुहुन्थ्यो । जसमध्ये प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा १८८जनाले मत दिनु भएको छ भने विपक्षमाम ७४ मत पर्‍यो । यस्तै एकजना सांसद तटस्थ रहनु भयो ।

प्रधानमन्त्री ओली चौथो कार्यकालका लागि कांग्रेसको समर्थन प्रधानमन्त्री ओली असार ३० गते प्रधानमन्त्री नियुक्त हुनु भएको थियो ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार ओलीले आज विश्वासको मत लिनुभएको हो ।