९ असार २०८३, मंगलबार

लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिनु भएको छ ।

अल्पपतमा पर्नु भएका महराले विश्वासको मत नलिई राजीनामा दिनु भएको हो । उहाँले आज संसदबाट विश्वासको मत लिने कार्यसूची तय भएको थियो ।

महराको राजीनामापछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ ।

काँग्रेस र एमालेबीच एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने सहमति भएको छ ।