२० असार २०८३, शनिबार

विश्वासको मत माग्दै ओलीले भने- भ्रष्टाचारी कसैलाई छोड्दैनौं, ढुक्क हुनुस्

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी कसैलाई नछोडिने बताउनु भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मत माग्ने क्रममा उहाँले प्रतिपक्षलाई लक्षित गर्दै जुनसुकै भ्रष्टाचारीलाई कानूनको दायरमा ल्याउने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘एउटा कुरा खुलस्तपार्न चाहन्छु दुनियाँका अगाडि सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौं, भ्रष्टाचारीलाई छोड्दैनौं । भ्रष्टाचार र अख्तियार दुरूपयोगसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गर्छौं ।’

साथै उहाँले देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा नयाँ सरकार गठन भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘देशमा व्याप्त गहिरो निरासा हटाउन,जनतामाआशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजानअहिलेको सरकार बनेको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसमा सवै स्पष्ट हुनु भए हुन्छ ।’