६ असार २०८३, शनिबार

मलेसियाका नयाँ राजाले सम्हाले राजगद्दी

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । मलेसियाका नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले राजगद्दी सम्हाल्नुभएको छ । उहाँ अर्बपति व्यापारी पनि हुनुहुन्छ ।

६५ वर्षीय सुल्तान इब्राहिम इस्कन्दरले आफू निष्पक्ष र न्यायका साथ शासन गर्ने बताउनुभएको छ ।

मलेसियामा आफ्नो प्रकारको अनौठो राजतन्त्र छ जसमा सिंहासनको जिम्मेवारी नौ राज्यका शाही परिवारहरू बीच परिक्रमाद्वारा विभाजित हुन्छ । प्रत्येक राजालाई पाँच वर्ष शासन गर्न दिइएको छ । वर्तमान राजा देशको जोहर प्रान्तका हुनुहुन्छ । उहाँसँग पाँच अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति रहेको बताइएको छ ।

मलेसियामा राजाको भूमिका मुख्यतया औपचारिक हुन्छ, तर संसदीय गतिरोधको अवस्थामा उहाँले राजनीतिक प्रणालीमा हस्तक्षेप गर्न सक्नुहुन्छ ।