२१ असार २०८३, आइतबार

एमाले नेतृत्वको सरकारले रेमिट्यान्सलाई व्यवस्थित गर्छ : ईश्वर पोखरेल

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार, ५ साउन । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको सरकारले रेमिट्यान्सलाई व्यवस्थित गर्ने बताउनुभएको छ । शुक्रबार प्रवासी नेपाली मञ्च कतारको अधिवेशनलाई सम्बोधन गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘रेमिट्यान्सलाई राज्यले कसरी व्यवस्थित गर्ने एमाले नेतृत्वको सरकारले गर्छ । रेमिट्यान्सको पहिला उत्पादनमा लगाउनुपर्छ ।’ पोखरेलले उद्योग चलाएर उत्पादनमा जोड दिए मात्र नेपाली श्रमिकलाई नेपालमै स्वरोजगार बनाउन सकिने बताउनुभयो । देशमा रेमिट्यान्स भित्र्याउन अन्य क्षेत्रका श्रमिकको भन्दा खाडी क्षेत्रमा काम गरेका नेपालीहरूको योगदान बढी रहेको बताउँदै उहाँले प्रवासमा श्रम गरेर नेपालीहरूले आफ्नो परिवार र समाज धानेको बताउनुभयो ।

अर्को एक प्रसङ्गमा पोखरेलले लिपुलेक लिम्पियाधुरा समेटेर नक्सा जारी गर्ने पार्टी एमाले भएको बताउँदै २००८ सालमा मातृका कोइराला प्रधानमन्त्री हुँदा १७ जना चेकपोस्ट राख्ने निर्णयमा सम्झौतासमेत भएको स्मरण गर्नुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य उमाशंकर अग्रहरीयाले देशलाई समृद्ध बनाउन एमालेको आवश्यक रहेको बताउनुभयो । उहाँले अब नेपालमा सानो पार्टीको काम नरहेकोसमेत बताउनुभयो । अग्रहरीयाले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला प्रत्येक पालिकामा १५ बेडको अस्पताल सुरुवात भएको बताउँदै देश विकासका लागि एमालेको आवश्यकता रहेको बताउनुभयो । उहाँले मधेसका पार्टी विगतदेखि पद लोलुपताका कारण फुट्दै गएको बताउनुभयो ।

कार्यक्रममा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले नेपाली श्रम र सिपलाई नेपालमै राख्न वर्तमान सरकारले पहल गर्ने बताउनुभयो ।