
काठमाडौं, ४ साउन । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।
शुक्रबार सुन तोलाको २ हजारले घटेर एक लाख ४७ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ५ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ८ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३० रुपैयाँ घटेर तोलाको १ हजार ८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया