
काठमाडौं, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य सल्लाहकारमा एमाले उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त हुनुभएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्य सल्लाहकारमा उपमहासचिव रिमाल र आर्थिक सल्लाहकारमा डा। खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उपमहासचिव रिमाल यसअघिका कार्यकालमा पनि प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार हुनुभएको थियो । रिमालले ओली प्रधानमन्त्री हुँदा र नहुँदा पनि सबै राजनीतिक र प्राविधिक कामहरूको व्यवस्थापन गर्दै आउनु भएको थियो।








प्रतिक्रिया