७ असार २०८३, आइतबार

मुक्तिनाथ विकास बैंकद्धारा अन्तर्राष्ट्रिय क्यूआर भुक्तानी सेवा सुरु

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय क्यूआर भुक्तानी सेवा सुचारु गरेको छ ।

बैंकले फोन–पेसँगको सहकार्यमा यो सेवा सुरु गरेको हो । यो सेवा सुचारु पश्चात भारतीय ग्राहकहरुले भिम र फोन–पेलगायतका भारतीय भुक्तानी सेवा प्रदायकको माध्यमबाट मुक्तिनाथ बैंकअन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । यस प्रकारको सेवाहरुले भारतीय पर्यटकलाई नगद बोक्ने झन्झट नभई नेपाल र भारतबीचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाई नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमासमेत महत्वर्पूण भुमिका निर्वाह गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने,इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।