
काठमाडौं, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओली इन्जिनियरहरुको न्यूनतम तलबप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
आज ६२औं इन्जिनियर्स दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले इन्जिनियरहरूको तलब कम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो ।
कार्यक्रममा इन्जिनियरहरुले आफ्नो समस्या सुनाउँदै सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । इन्जिनियरको न्यूनतम तलब ३७ हजार तोकिएको र त्यसलाई कानुनी रुप दिन इन्जिनियरहरूले आग्रह गर्नु भएको थियो ।
सम्बोधनका क्रममा ओलीले ३७ हजार पनि इन्जिनियरको कुनै तनखा हो र ? भनेर प्रश्न गर्नुभयो । ‘घरभाडा ३० हजारभन्दा तल पाउनुहुन्न। बजार, महिना चलाउन एउटा परिवारलाई कमसेकम ३० हजारभन्दा तल हुन्न होला,’ प्रधानममन्त्री ओलीले भन्नुभयो ।
इन्जिनियरहरुको यो माग आफूहरुका लागि व्यंग्य भएको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले इन्जिनियरहरुको मागप्रति आफू सकारात्मक रहेको स्पष्ट पार्नुभयो ।








प्रतिक्रिया