२६ जेष्ठ २०८३, मंगलबार

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो नियोन क्रेडिट कार्ड

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यकासाथ नेपाली रुपैयाँ र अमेरिकन डलरमा नियोन क्रेडिट कार्डको सुविधा सञ्चालनमा ल्याएको छ ।

आधुनिक जीवनशैलीमा व्यस्त रहने ग्राहक तथा देश विदेश यात्रा गर्ने वर्गलाई लक्षित गरी सञ्चालनमा ल्याइएको ‘नियोन क्रेडिट कार्ड’ डिजाइन तथा आवरणमा चम्किलो तथा मनमोहक रहेको बैंकले जनाएको छ ।

पीओएस मर्चेन्ट सञ्जाल विस्तारमा उत्कृष्ट कार्यसम्पादन गरेको र भिसा क्रेडिट कार्ड उपयोग गर्न आफ्ना ग्राहकलाई प्ररित गरी पुर्‍याएको उल्लेख्य योगदानको कदर स्वरुप भिसाद्वारा विशिष्ट अवार्डले सम्मानित भई नेपालको एक अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित माछापुच्छ्रे बैंकले ‘ग्लो विथ कन्फिडेन्स’ ट्यागलाइनसहित बजारमा ल्याएको नियोन क्रेडिट कार्ड भिसाद्वारा सञ्चालित विश्वव्यापी स्वीकार्य विद्युतीय भुक्तानीको उत्कृष्ट माध्यम हो ।

नियोन क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले नेपालभरका विभिन्न ३५० भन्दा बढी मर्चेन्टहरुमा विविध वस्तु तथा सेवाको उपभोग र किनमेल गर्दा विशेष छुट तथा क्यासव्याक अफरहरु प्राप्त गर्न सक्नेछन् । साथै रु.५ हजार वा सो बराबरको ट्याप एण्ड पे (क्यासलेस) कारोबार गर्न सक्नेछन्, जसले गर्दा ग्राहकहरुमा प्रिमियम तथा उत्कृष्ट सुविधाको अनुभुति जाग्रित हुने विश्वास बैंकले लिएको छ ।

नियोन क्रेडिट कार्ड प्रयोगमार्फत विशेष छुट तथा क्यासव्याक अफर प्राप्त गर्न सकिने मर्चेन्टहरु तथा छुट सम्बन्धि विवरणको बारेमा बैंकको वेभसाइट, सामाजिक सञ्जालमार्फत ग्राहकलाई निरन्तर जानकारी गराइने बैंकले जनाएको छ ।

नियोन क्रेडिट कार्डको पहिलो संस्करण सीमित अवधिको लागि ल्याइएको माछापुच्छ्रे बैंकको नविनतम योजना हो । जसअन्तर्गत सुपरमार्केट, होटेल, रेष्टुरेन्ट, तथा विविध फ्रेन्चाइज आउटलेट्स आदिमा विशेष छुट तथा अफर सुविधाहरु उपलब्ध गराउने बैंकको योजना रहेको छ । डिजिटल बैंकिङ्गको दुनियाँमा माछापुच्छ्रेले बैंकको नियोन क्रेडिट कार्डमार्फत ग्राहकलाई नौलो स्वादको अनुभूति दिलाउने माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी नियोन क्रेडिट कार्ड प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छौँ, जसले हाम्रा ग्राहकहरुको नवीनतम आकांक्षाहरु सम्बोधन हुने र सुरक्षित एवं आधुनिक प्रविधिमैत्री भुक्तानीका माध्यमबाट सदैव ग्राहकवर्गको आकांक्षाको सम्बोधन गरिने हाम्रो प्रयासलाई झल्काउँछ ।’