२८ असार २०८३, आइतबार

सिमलताल दुर्घटना : थप एकजनाको शव फेला

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३ साउन । सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका अर्का एक यात्रुको शव फेला परेको छ। भरतपुर महानगरपालिका–२६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव आज भेटिएको हो।

शवको सनाखत हुन बाँकी छ। शवलाई भरतपुर अस्पताल ल्याएर पोष्टमार्टम गरिँदैछ। योसँगै सिमलताल दुर्घटनामा बेपत्ता बनेका २० जनाको शव भेटिएको छ। जसमध्ये १४ जनाको सनाखत भएर परिवारले शव बुझेर लगेका छन्।

गत असार २८ गते बिहान नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ मा सिमलतालमा पहिरोले दुई वटा यात्रुबाहक बस बगाएको थियो।

६२ जना यात्रुसहित बस त्रिशूलीमा बेपत्ता भएको थियो। नदीमा अझै ४२ यात्रुको अवस्था अज्ञात छ। घटनाको ७ दिनसम्म पनि बसहरू फेला परेका छैनन्।