
काठमाडौं, ३ साउन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नु भएको छ ।
बिहीबार सिंहदरबारमा भएको छलफलमा संघीय संसदको कार्यतालिका र विचाराधिन विधेयकहरुको बारेमा छलफल गर्नु भएको हो ।
छलफलमा सदन चलाउने क्यालेन्डर र समितिका बैठकबारे साउन १५ गतेसम्मको क्यालेन्डर बनाएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘साउन १५ गतेसम्मको छ दिनको बैठकको तालिका ६, ७, ८ र १३, १४, १५ गते निर्धारण भयो । अन्य दिनहरुमा समितिको बैठक बस्ने र समितिमा विचाराधिन विधेयकहरुमा छलफल चलाएर चाँडो सदनमा ल्याउने वातावरण बनाउने विषयमा छलफल भयो । कुन बैठकमा कुन विधेयकहरूमाथि छलफल गर्ने भनेर कार्यसूचि पनि बनाएको छौं । थप छलफलको लागि भोलि १ बजे बस्ने हाम्रो कार्य व्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्छ ।’
त्यसैगरी प्रधानमन्त्रीको विश्वासको मतबारे समेत छलफल भएको बर्तौलाले बताउनुभयो ।








प्रतिक्रिया