२६ असार २०८३, शुक्रबार

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

22.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा ३ सय रूपैयाँले घटेको छ । बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ८ सय रूपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज ३५ रूपैयाँले घटेर १ हजार ८ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।