२२ जेष्ठ २०८३, शुक्रबार

नेपाल एसबिआई बैंकद्वारा एक्सटेन्सन काउन्टर उद्घाटन, शाखा स्थानान्तरण

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । नेपाल एसबिआई बैंक लिमिटेडले कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ ।

एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे र कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले संयुक्त रुपमा गर्नुभएको थियो ।

एक्सटेन्सन काउन्टरले व्यवसायी तथा अन्य सेवाग्राहीहरुलाई उनीहरूको वित्तीय/भन्सार सम्बन्धी बैंकिङ सेवाहरूलाई सुव्यवस्थित गर्ने लक्ष्य राखेको छ ।

साथै, नेपाल एसबिआई बैंकले आफ्नो भीमदत्त नगरपालिका-५, महेन्द्रनगर, कञ्चनपुर क्याम्पस रोडमा अवस्थित महेन्द्रनगर शाखा सोही नगरपालिकाको वडा नं- ४ स्थित ४ नंम्बर गल्लीमा स्थानान्तरण गरी नयां परिसरबाट सेवा शुभारम्भ गरेको छ ।

हाल यस बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।