
काठमाडौं, ३ साउन । दुबईका शासक मोहम्मद बिन रसिद अल मकतूमकी छोरी शेखा महरा बिन्तले आफ्ना पति शेख मानालाई तीन तलाक दिनुभएको छ । आफ्नो इन्स्टाग्राम अकाउन्टमा अङ्ग्रेजीमा पोष्ट गर्दै महराले लेख्नुभएको छ, ‘तिमी अरुसँग व्यस्त छौँ । म हाम्रो सम्बन्ध विच्छेदको घोषणा गर्छु ।’
महराले श्रीमान शेख मनालाई इन्स्टाग्राममा अनफलो गर्नुभएको छ । यसबाहेक महराले श्रीमान्सँग पोस्ट गरेका सबै तस्वीर पनि हटाउनुभएको छ ।
गत वर्ष विवाह गरेकी महराले यसै वर्ष मे महिनामा छोरीलाई जन्म दिनुभएको थियो ।
शेखा महराको जन्म सन् १९९४ मा भएको थियो । ३० वर्षीया शेखा महराले आफूभन्दा चार वर्ष कान्छो शेख मानासँग २०२३ को मे महिनामा विवाह गर्नुभएको थियो । शेख माना एक उद्यमी हुनुहुन्छ । उहाँका अल्बाराडा ट्रेडिङ, दुबई टेक, जीसीआई रियल इस्टेट डेभलपमेन्ट कम्पनी र एमएम ग्रुप अफ कम्पनीहरू जस्ता कम्पनी रहेका छन् । यसबाहेक उहाँ एक ट्राभलर पनि हुनुहुन्छ ।
महरासँग सम्बन्धित केही व्यक्तिले शेखा महराले सम्बन्धविच्छेद नगरेको दाबी गरेका छन् । उनीहरुले उहाँको एकाउन्ट ह्याक भएको बताएका छन् भने कैयौंले महरालाई समर्थन गर्दै सहासी राजकुमारी भनेका छन् ।








प्रतिक्रिया