
काठमाडौं, ३ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर र कतारी रियालको मूल्य स्थिर छ । युरो सामान्य बढ्दा बेलायती पाउण्डको विनिमयदर करिब तीन अंकले बढेको छ । बुधबार १७२ मा कारोबार भएको बेलायती पाउण्डको बिक्रीदर आज १७४ रुपैयाँ ७९ पैसा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०४ पैसा पुगेको छ ।
युरो एकको खरिददर १४६ रुपैयाँ शून्य पैसा र बिक्रीदर १४६ रुपैयाँ ६५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ ०१ पैसा र बिक्री दर १७४ रुपैयाँ ७९ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।








प्रतिक्रिया