
काठमाडौं, २ साउन । गएको शुक्रबार मुग्लिन–नारायणघाट सडकखण्ड अन्तर्गत सिमलतालमा आएको पहिरोले दुईवटा बसलाई त्रिशुली नदीमा बगाउँदा बेपत्ता भएकामध्ये १९ जनाको शव फेला परेको छ ।
काठमाडौंबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बाप्र०३००६ख नम्बरको एन्जल डिलक्स त्रिशूली नदीमा डुबेर बेपत्ता भएका छन् ।
दुईवटा बसमा गरेर ६५ जना यात्रु रहेका बताइएको छ । जसमध्ये हालसम्म १९ जनाको मात्रै शव फेला परेको हो । खोजी कार्य जारी छ ।










प्रतिक्रिया