२५ असार २०८३, बिहिबार

नयाँ ग्यालेक्सी जेड फोल्ड–६ र जेड फ्लिप–६ को प्रि–अर्डर सुरु, कति छ मूल्य ?

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । सामसुङ नेपालले नयाँ ग्यालेक्सी जेड फोल्ड–६ र जेड फ्लिप–६ सिरिजको प्रि–अर्डर सुरु भएको घोषणा गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै सामसुङ नेपालले नयाँ ग्यालेक्सी जेड फोल्ड–६ र जेड फ्लिप–६ सिरिजको प्रि–अर्डर सुरु भएको जानकारी दिएको हो ।

कार्यक्रममा सामसुङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ की शृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड–६ र जेड फ्लिप–६ सिरिज सार्वजनिक गर्नुभएको थियो ।

‘फोल्डेबलका लागि सामसुङको निरन्तर आविष्कारले नयाँ ग्यालेक्सी जेड फोल्ड–६ र ग्यालेक्सी जेड फ्लिप–६ सँग ग्यालेक्सी एआईको अर्को अध्याय खोलेको छ । फोल्डेबल फोर्म फ्याक्टरलाई एआई–इन्फ्युज्ड कनेक्टेड ग्यालेक्सी इकोसिस्टमसँग मिलाएर हाम्रा नयाँ स्मार्टफोनहरूले प्रयोगकर्ताहरूलाई एक आकर्षक अनुभव प्रदान गरेर नयाँ सम्भावनाहरू अनलक गर्न सशक्त बनाउँछ ।’ सामसुङ नेपालका निर्देशक स्थापितले भन्नुभयो ।

कम्पनीकाअनुसार ग्यालेक्सी जेड फोल्ड–६ र फ्लिप–६ ग्यालेक्सी जेड सिरिजका अहिलेसम्मकै सबैभन्दा पातलो र हल्का डिभाइसहरू हुन् र सिधा एड्जहरूसँग पूर्ण रूपमा संयमित डिजाइनका साथ आउँछन् । ग्यालेक्सी जेड फोल्ड–६ ले नयाँ कभर स्क्रिन अनुपातको साथ अझै प्राकृतिक बार–टाइप भ्युइङ एक्सपिरियन्स प्रदान गर्छ ।

कम्पनीकाअनुसार नयाँ ग्यालेक्सी जेड सिरिज पहिलेभन्दा धेरै टिकाउ पनि छ । डुअल रेल हिङ्ग संरचनालाई बलियो फोल्डिङ एजले थप बलियो बनाएको छ र प्रमुख स्क्रिनमा परिष्कृत तहहरूले बल कायम राख्दै क्रिज सुधार गर्न मद्दत गरेको छ । ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्लाग्लास भिक्टस २ पनि छ, जसले यसलाई अहिलेसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाएको छ ।

ग्यालेक्सी जेड फोल्ड–६ र फ्लिप–६ स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित छन् र यी दुवै फोले अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, सीपीयू, जीपीयू र एनपीयू कार्यसम्पादनको संयोजन गर्दछन् । दुवैको प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको छ जसले सुधारिएको समग्र प्रदर्शनको साथमा इनह्यान्स गरिएको ग्राफिक्स प्रदान गर्दछ ।

ग्यालेक्सी जेड फोल्ड–६ ले ठूलो स्क्रिनलाई अधिकतम बनाउन र प्रयोगकर्ताको उत्पादकत्वलाई उल्लेखनीय रूपमा वृद्धि गर्न एआई–सञ्चालित सुविधाहरू र उपकरणहरूको दायरा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आजदेखि १५ साउनभित्र प्रि–अर्डर गर्ने ग्राहकहरूका लागि विशेष अफर पनि ल्याएको छ । यी रोमाञ्चक उपहारहरूका साथै पहिलो ५०० प्रि–अर्डर गर्ने ग्राहकहरूले एनसेल सधै अन सिम प्राप्त गर्न सक्नेछन् । यसमा १७ जीबी डाटा, ४९९ मिनेट कल, ४९९ एसएमएस ६ महिनासम्म निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, सामसुङले एनएलजी इन्स्योरेन्स कम्पनीमार्फत १ वर्षका लागि एकपटकको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध गराएको छ । आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि सामसुङले सबको फोन र अर्को स्टोरमार्फत १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनससमेत उपलब्ध गराएको छ ।

यसैगरी, सिल्भर श्याडो ब्लु कलरको ग्यालेक्सी जेड फ्लिप–६ (१२ं+२५६ जीबी)को मूल्य नेपालमा १ लाख ५४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । सिल्भर श्याडो न्यभी ग्यालेक्सी जेडफोल्ड–६ (१२ं+२५६ जीबी)को मूल्य २ लाख ३४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ भने ग्यालेक्सी जेडफोल्ड–६ (१२ं+५१२ जीबी)को मूल्य २ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

सामसुङले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसँगको सहकार्यमा सामसुङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले देशभरकै सामसुङ आधिकारिक स्टोरबाट शून्य प्रतिशत ब्याजदरमा ग्यालेक्सी जेड फोल्ड प्रतिमहिना ६८५४ रुपैयाँ र ग्यालेक्सी जेड फ्लिप–६ प्रतिमहिना ४५२१ रुपैयाँमा किस्ताबन्दीमा पनि उपलब्ध गराउने व्यवस्था गरेको छ । साथै, डाउन–पेमेन्टलाई ३० प्रतिशतमा घटाएर २४ महिनासम्म ऋण अवधि गरिएको कम्पनीले जनाएको छ ।