१२ असार २०८३, शुक्रबार

ओमानको समुन्द्रमा तेल बोकेको पानीजहाज पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । एक तेल बोकेको पानीजहाज ओमान नजिकैको समुन्द्रमा पल्टिदा १६ सदस्यीय चालक दलका सदस्य बेपत्ता रहेका छन् । जहाजमा अफ्रिकी देश कोमोरोसको झण्डा रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

ओमानको सामुद्रिक सुरक्षा केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मा जहाज पल्टिएको जानकारी दिएको छ ।

सामुद्रिक सुरक्षा केन्द्रका अनुसार जहाज डुबेको जानकारी प्राप्त हुनासाथ खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो । जहाज पल्टिएपछि जहाजमा रहेका १६ सदस्यीय चालक दल बेपत्ता छन् । जहाजमा रहेका १६ सदस्यीय चालक दलमध्ये १३ भारतीय नागरिक र तीन जना श्रीलंकाका नागरिक रहेको बताइएको छ ।