
काठमाडौं, १ साउन । प्रहरीले अवैध सुनको कारोबार गर्ने मुख्य योजनाकारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउापालिका–२ का विकाश योन्जन रहनु भएको छ । उहाँलाई काठमाडौँ प्रहरी परिसरले असार ३१ गते (सोमबार) चाबहिलबाट नियन्त्रणमा लिएको हो ।
०८० भदौ २५ मा दुबईबाट हिमालयन एयरलाइन्सबाट नेपाल आएका बाबुलाल दोङ अवैध सुनसहिन पक्राउ पार्नु भएको थियो । उहाँलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष प्रहरी टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल बाहिरबाट पक्राउ गरेको थियो ।
सोधपुछका क्रममा उनले आफूले ९६० ग्राम सुन मलद्वारमा लुकाएर ल्याएको बयान दिनु भएको थियो । प्रहरी वृत्त गौशालामा चेकजाँच गर्ने क्रममा कालो टेपले बेरिएको दुईवटा लाम्चो र डल्लो (९६० ग्राम) सुन भेटिएको थियो ।
अनुसन्धानका क्रममा उक्त भन्सार छलीको सुन काभ्रेको महाभारतका विकाश योन्जन रहेको खुलेको थियो ।








प्रतिक्रिया