
काठमाडौं, १ साउन । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रअन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ । बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि यस अस्पतालमार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ ।
सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” खोले बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी राहत कोषमा रकम जम्मा गर्दै आएको छ । कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पतालमार्फत विपन्न नारीहरुको उपचारमा सहयोग गर्दै आएको छ ।
पाटन अस्पतालको परिसरमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ कार्यालय र १२४ वटा एटिएम सञ्चालनमा रहेका छन् ।








प्रतिक्रिया