
काठमाडौं, १ साउन । एनएमबि बैंकले ७ वर्ष अवधिका लागि ८.९९ प्रतिशत निश्चित ब्याजदरमा ईभी अटो लोन उपलब्ध गराएको जनाएको छ ।
नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको हो । ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरी दिगो भविष्यतर्फ योगदान दिन सक्नेछन् ।
लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियासहित ग्राहकहरूले सजिलै एनएमबि सुलभ अटो लोन लिन सक्ने बैंकले जनाएको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।









प्रतिक्रिया