
काठमाडौं, १ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शहीद गङ्गालाल हृदय रोग केन्द्रलाई ५०० शैयामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताउनु भएको छ ।
मन्त्रालयको पदभार सम्हाले लगत्तै शहीद गङ्गालाल हृदय केन्द्र पुग्नु भएका मन्त्री पौडेलले यस्तो बताउनु भएको हो । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउनु भएका पौडेल गङ्गालालको वस्तुस्थितिबारे जानकारी लिन त्यहाँ पुग्नु भएको हो ।
मन्त्री पौडेलले केन्द्रका कार्यकारी निर्देशक लगायत कर्मचारीहरूसँग छलफल गरी अन्य विभिन्न विषयमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । सो क्रममा गङ्गालाल अस्पताललाई ५०० शैयामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताउनुभयो ।
उहाँले अन्य ६ वटै प्रदेशमा समेत हृदयरोग केन्द्रको स्थापनाका लागि आवश्यक प्रकृया अघि बढाउने बताउनुभयो । अघिल्लो सरकारको नीति तथा कार्यक्रममा समावेश भएअनुसार यस केन्द्रलाई प्रतिष्ठानमा स्तरोन्नति गर्ने योजनालाई कार्यान्वयनमा लैजाने उहाँको भनाइ छ ।








प्रतिक्रिया