९ असार २०८३, मंगलबार

ट्रम्पले बनाए सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोबाट रिपब्लिकन सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गर्नुभएको छ ।

ट्रम्पले सोमबार आफ्नो ट्रुथ सामाजिक सञ्जालमा यो घोषणा गर्नुभएको हो । भ्यान्स ट्रम्पको आलोचक हुनुहुन्थो तर पछि उहााको सहयोगी बन्नुभयो ।

ओहायोबाट पहिलो पटक सिनेटरमा निर्वाचित हुनुभएका भ्यान्सको कन्जरभेटिभ मतको राम्रो आधार छ । भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनुले रिपब्लिकन पार्टीमा ठूलो संख्यामा कन्जरभेटिभ मतदातालाई आकर्षित गर्न सक्ने बताइएको छ ।

रिपब्लिकनबाट उपराष्ट्रपतिको दौडमा फ्लोरिडाका सिनेटर मार्को रुबियो, नर्थ डकोटाका गभर्नर डग बर्गमलगायत दौडमा रहनुभएको थियो ।