
काठमाडौं, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र जनतालाई अनुभूति हुनेगरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ।
सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सो निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।
त्यसैगरी प्रधानमन्त्री ओलीले ६ महिनाभित्र जनतालाई सरकारले आश्वस्त पार्ने र परिणाम आउने गरी काम गर्न मन्त्रीलाई सचेत गराउनु भयो । ६ महिनाभित्र जनतालाई ढुक्क हुने स्थिति बनाउने र एक वर्ष भित्र इन्डिकेटरको हिसाबले पनि देखिने गरी परिणाममुखी काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रवक्ता गुरुङले बताउनु भयो।








प्रतिक्रिया