२९ जेष्ठ २०८३, शुक्रबार

पेट्रोल र डिजेलको मूल्य बढ्यो

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ ।

निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनु भएको हो ।

बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुनेछ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।

निगमले भारतबाट आएको नयाँ मूल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको जानकारी दिएको छ ।