
मकवानपुर, ३१ असार । रिद्धि सिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लाबाट एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रालाई ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८१’ छात्रवृत्ति प्रदान गरेको छ ।
यस छात्रवृत्ति कार्यक्रममा कुल १४५ विद्यार्थीहरु सहभागी भएका थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगितामार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना गरिएको थियो ।
यसैगरी, कार्यक्रममा मकवानपुर जिल्लाबाट एसइई परीक्षामा ४ जिपिए ल्याउनु भएकी रितिका छत्कुलीलाई सम्मान स्वरूप नगद १० हजार १ रुपैयाँ प्रदान गरिएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको उपस्थिति रहेको थियो ।
छात्रवृत्ति कार्यक्रमअन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५ हजार, दोस्रो हुनेलाई रु. ३५ सय, तेस्रो हुनेलाई रु. २५ सय साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा रु. १५ सय कम्पनीले एक वर्षसम्म उपलब्ध गराउनेछ ।
यस्तै, कार्यक्रममा मकवानपुर जिल्लाबाट एसइईमा उत्कृष्ट अंक ल्याउने सफल विद्यालय बाल जागृति इंग्लिश बोर्डिङ स्कूलका प्रधानाध्यापक, जिल्लामा सुरक्षा प्रदान गर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुर, शैक्षिक विज्ञ तथा जिल्ला शिक्षा इकाइ समिति, हेटौंडा उपमहानगरपालिका वडा नं ५ तथा सम्पूर्ण संस्थाहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।









प्रतिक्रिया