
काठमाडौं, ३१ असार । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गर्नु भएको छ ।
शीतल निवासमा पद तथा गोपनीयताको शपथपछि शान्तिबाटीमा पुगेर वीर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेपछि सिंहदरबार पुगेर सिंहले पदभार ग्रहण गर्नु भएको हो ।
पदभार ग्रहण गर्दै उहाँले सहरी विकास मन्त्रालयअन्तर्गतका निकायमा हुने राजनीतिक नियुक्तिसम्बन्धी कार्यविधि र मापदण्डमा अन्य देशको पीआर नलिएको स्वघोषणा गर्नुपर्नेसहितको कानून परिमार्जनको सहमतिका लागि कानुनमन्त्रालयमा पठाउने सम्बन्धी फाइलमा हस्ताक्षर गर्नु भएको छ ।
पदभार ग्रहण गर्दै सिंहले मुलुकलाई स्थायीत्व र समृद्धितर्फ अघि बढाउन वर्तमान सरकार गठन भएको बताउँदै मन्त्रालयका कामलाई पनि वर्तमान सरकारको लक्ष्य अनुसार अघि बढाउने बताउनुभयो ।








प्रतिक्रिया