२५ असार २०८३, बिहिबार

स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गर्नुभएको छ ।

सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उहाँले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गर्नु भएको हो ।

पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै सबैलाई समेट्ने योजना ल्याउने दुई निर्णय गर्नु भएको छ ।

साथै उहाँले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने बताउनुभयो । मन्त्री पौडेलले मितव्ययिताका लागि भन्दै मन्त्री बनेपछि कुनैपनि माला र खादा लगाउन मान्नुभएन ।

काठमाडौँ ५ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसबाट विजयी पौडेल पहिलो पटक मन्त्री बन्नु भएको हो ।