
काठमाडौं, ३१ असार । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल तेस्रो पटक अर्थमन्त्री बन्नु भएको छ ।
पौडेलले आज उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिनु भएको हो । यसअघि ओली पहिलो पटक प्रधानमन्त्री बन्दा अर्थमन्त्री बनेका पौडेलले राम्रो अर्थमन्त्रीको छवि बनाउनु भएको छ ।
उहाँ यसअघि २०७२ सालमा अर्थमन्त्री बन्नु भएको थियो भने त्यसपछि २०७७ मा पुनस् अर्थमन्त्री बन्नु भएको थियो ।
पौडेल २०५३ सालमा नै पहिलो पटक मन्त्री बन्नुभयो । उहाँ पहिलो पटक २०५३ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बन्नु भएको थियो ।








प्रतिक्रिया