१९ असार २०८३, शुक्रबार

रविलाई मुकुलको चेतावनी : म अर्को शालिकराम पुडासैनी बन्दैन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुकुल ढकालले अर्को शालिकराम पुडासैनी नबन्ने चेतावनी दिनु भएको छ ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै ढकालले यस्तो चेतावनी दिनु भएको हो ।

उहाँले सामाजिक सञ्जालमा लेख्दै भन्नु भएको छ, ‘रवि लामिछानेज्यू आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र मेरो परिवार समेतलाई अनेकन आक्षेप लगाउन थाल्नु भएछ । तपाईँ आफ्नो स्तर देखाउँदै हुनुहुन्छ । तपाईँ जति सक्नुहुन्छ, गर्नुहोस्, मेरो शुभकामना छ । चिन्ता लिनु पर्दैन, मुकुल ढकाल अर्को शालिकराम पुडासैनी बन्दैन ।’

उहाँले रवि लामिछानेले आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र परिवार समेतलाई अनेकन आक्षेप लगाउन थालेको आरोप लगाउनु भएको छ ।