५ असार २०८३, शुक्रबार

सिमलताल पहिरो : नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव फेला

13k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३१ असार । चितवनको नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटिएको छ ।

गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुहरु खोज्ने क्रममा अहिलेसम्म ११ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । यी शवहरु पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका बसकै रहेको अनुमान प्रहरीले गरेको छ । अहिलेसम्म पाँच जनाको सनाखत भएको र ६ जनाको सनाखत हुन बाँकी रहेको छ ।

काठमाडौंबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शुक्रबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।

गौरतर्फ गइरहेको बसमा २७ जना र र वीरगञ्जबाट काठामाडौंतर्फ गइरहेको बसमा ३८ जना बेपत्ता भएका थिए । जसमा तीन जना सकुसल बचेका थिए भने ६२ जना बेपत्ता रहेका छन् । अहिलेसम्म पनि बस भेटिएको छैन र त्रिशूली नदीमा खोजीकार्य जारी रहेको छ ।