
काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३.३६ रुपैयाँ रहेको छ भने बिक्रीदर १३३.९६ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १४५.४६ रुपैयाँ रहेको छ भने बिक्रीदर १४६.१२ रुपैयाँ रहेको छ । यता बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७३.२९ रुपैयाँ रहेको छ भने बिक्रीदर १७४.०७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९०.४७ रुपैयाँ रहेको छ भने बिक्रीदर ९०.८८ रुपैयाँ रहेको छ ।
त्यसैगरी, साउदी रियाल एकको खरिददर ३५.५६ रुपैयाँ रहेको छ भने बिक्रीदर ३५.७२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८.५६ रुपैयाँ रहेको छ भने बिक्रीदर २८.६९ रुपैयाँ रहेको छ ।









प्रतिक्रिया