६ असार २०८३, शनिबार

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

11.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार सुनको तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक मूल्य हो ।

यसअघि शुक्रबार पनि सुनको मूल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २५ रुपैयाँ घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।