१६ असार २०८३, मंगलबार

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

7.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले विश्व तरंगित भएको छ ।

चुनावी र्‍यालीका क्रममा पेन्सिलभेनियाको बटलरमा ट्रम्पमाथि गोली प्रहार भएको थियो । मञ्चमा बोल्दै गर्दा गोली चलेको आवाज सुनियो । ट्रम्पले दाहिने कानमा हात राखेर निहुरिनु भयो । अमेरिकी सेक्रेट सेवाका एजेन्टहरू तुरुन्तै ट्रम्पलाई कभर गर्न आइपुगे ।

एजेन्टहरूले ट्रम्पलाई उभिन मद्दत गर्दा ट्रम्पको अनुहार र कानमा रगत देखिएको थियो । यस क्रममा ट्रम्पले आफ्नो मुट्ठी समातेर हावामा हल्लाए । यसपछि गोप्य एजेन्टहरूले ट्रम्पलाई स्टेजबाट लगेर कारमा राखेर त्यहाँबाट अस्पताल लगेक थिए ।

सेक्रेट सेवाले आक्रमणकारी मारिएको जनाएको छ । यस हमलामा एक ट्रम्प समर्थकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो चुनावी यात्राबीचमा छाडेर आज वासिङ्टन डिसी फर्कदैँ हुनुहुन्छ । उहाँले ह्वाइट हाउसमा होमल्याण्ड सेक्युरिटी र कानून प्रवर्तन एजेन्सीको आपतकालीन बैठक बोलाउनुभएको छ ।

त्यस्तै, बाइडेनले ट्रम्पसँग कुरा गरेको ह्वाइट हाउसले जनाएको छ ।

ट्रम्पले आफ्नो कानको उपल्लो भागमा गोली लागेको बताउनुभएको छ । उहाँ अहिले सुरक्षित रहनुभएको छ र उहाँले आफ्नो सुरक्षा गरिरहेका अमेरिकी गुप्तचर विभागका कर्मचारीलाई धन्यवाद दिनुभएको छ ।